काठमाडौं । १ लाख ५ हजार २५८ मतदाता रहेको बारा-२ मा आईतवार भएको निर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो । ४४ वटा वडा रहेको बारा-२ मा करैयामाई, सुर्वण र देवताल गाउँपालिकाको सम्पूर्ण वडा, कोहल्वी नगरपालिका वडा न ८ मतगणना सकिएको छ ।
अब महागढीमाई नगरपालिकाको वडा न १ देखि ६ सम्म र पचरौता नगरपालिकाको ९ वटा गरि १५ वटा वडाहरु गणना गर्न बाकी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् ।
मतपरिणाम आज राती १२ बजेभित्र आउने मुख्य निर्वाचन अधिकृत उपाध्यायले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया