रास्वपाका सांसद श्रेष्ठ पदमुक्त

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको प्रतिनिधिसभा बैठकमा जानकारी दिएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले श्रेष्ठलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

समानुपातिक कोटामा सांसद भएका श्रेष्ठको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

सभामुखले संसदमा जानकारी गराएपछि निर्वाचन आयोगले कंशाकारलाई सांसद नियुक्त गर्ने प्रक्रिया शुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?