काठमाडौं । प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणबारे संसदमा जानकारी नगराएको प्रति नेकपा एमालेका सांसद रघुजी पन्तले आक्रोश व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले सदनमा प्रधानमन्त्रीको अनुहार नै देख्न नपाएको गुनासोसमेत गरे ।
‘भारतसँगको सम्बन्ध हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ । त्यो सम्बन्ध सुदृढ होस्, फलदायी होस् भन्ने हाम्रो चाहना छ । भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौँ । अहिले पनि ती समस्याहरु विद्यमान छन् । जस्तै हाम्रो स्वतन्त्रता, हाम्रो आत्मनिर्णयको अधिकार, हाम्रो आर्थिक विकास र हाम्रा विभिन्न विकास निर्माणको कामलाई प्रभावित गरिरहेको छ । भारतसँग १९५० मा भएको सम्धी ७३ वर्ष भइसक्यो । यो सम्धी फेर्नुपर्यो भनेर २८ वर्षपहिले मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा उठाउनुभएको थियो । तर आजसम्म त्यो आलटाल भइरहेको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया