श्रीराम घिमिरेको माग सम्बोधन गर्न नेता केसीले संसदमा उठाए आवाज

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विभिन्न ५ बुँदे मागसहित अनसनरत नुवाकोटका श्रीराम घिमिरेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका केसीले छिटोभन्दा छिटो घिमिरेले उठाएका मागहरु सम्बोधन गर्न आग्रह गरेका हुन् ।

८दिनदेखि मागहरुसहित अनसनमा बसेका उनको विषयमा सरकारी पक्षले कुनै चासो नदेखाएको नेता केसीको आरोप रहेको छ । सोमबार मात्रै उनलाई भेटेका केसीले उनको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै उक्त मागहरु घिमिरेको मात्र नभएर आम किसानको रहेको बताए ।

नुवाकोटका श्रीराम घिमिरे ८ दिनदेखि भुगोलपार्कमा अनसनरत रहेका छन् । हिजै मात्र मैले डाक्टरसहित गएर भेट्दा उहाँको स्वास्थ्यवस्था अत्यन्त चिन्ताजनक छ । ५ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गर्न बस्नुभएको ८ दिन भयो तर कहीँ कतैबाट केही भएको छैन । र उहाँ अत्यन्त जटिल स्वास्थ्यस्थितीमा हुनुहुन्छ । उहाँको खास मुल रुपबाट माग चाँही के भने अहिले कृषिमा बजेट विनियोजन गरिएको छ । यही चालू वर्षमा पनि झण्डै १८ खर्बको बजेटमा झण्डै ५६ अर्ब ३ प्रतिशत सवा तीन प्रतिशत बजेट चाँही छुट्टयाइनुपर्छ ।’ नेता केसीले भने ।

त्यस्तै प्रधानमन्त्री कृषि कार्यक्रम कार्यकर्तामूखी भएकोभन्दै त्यसलाई जनतामुखी बनाउन समेत आग्रह गरे ।

यसअघि नुवाकोटकै अर्का सांसद हितबहादुर तामाङले पनि घिमिरेको मागबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
नुवाकोट ककनी गाउँपालिका वडा नं २ का घिमिरे गत वैशाख ५ गतेबाट बसन्तपुरको भुगोलपार्कमा विभिन्न मागसहित अनसनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?