मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

लोकपथ
49
Shares

गोलबजार । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ ।

नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।

नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन शुरु गरिएको नगर प्रमुख डा नवीनकुमार यादवले बताए ।“मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ”, उनले भने, “विकास निर्माणमा बाधा नपुर्याउन सबैपक्ष समक्ष आग्रह गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?