फराकिलो मतान्तर र सर्वाधिक मतसहित रवि लामिछाने निर्वाचित

लोकपथ
119
Shares

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

केहीबेरअघि आएको अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसको जीतनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत प्राप्त गरेका छन् ।

यसअघि गत मंसिरको निर्वाचनमा लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता विवादमा सांसद पद खारेज भएसँगै सो क्षेत्रमा उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?