रविलाई जीतनारायणको बधाई, भन्छन्–‘दल भन्दा माथि उठेर काम गर्नुहोस्’

लोकपथ
63
Shares

चितवन । चितवन क्षेत्र नं २ को अन्तिम परिणाम घोषणा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ ।

त्यससँगै नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले बधाई दिएका छन् ।

श्रेष्ठले नेपालको झण्डा हस्तान्तरण गर्दै दल भन्दा माथि उठेर देशको लागि काम गर्न समेत आग्रह गरेका छन् । आफूलाई मत हाल्ने नागरिकको समेत साझा व्यक्ति लामिछाने भएको भन्दै कार्यकालको शुभकामना व्यक्त गरे ।

‘रवि लामिछाने एउटा जोस जाँगरका साथ हिँड्नुभएको छ । प्रतिष्पर्धी उम्मेदवारको हैसियतले हरेक रचनात्मक काममा मेरो साथ र सहयोग रहनेछ ।’ उनले भने, ‘उहाँ अब मलाई मत हाल्ने मेरा कार्यकर्ताको पनि नेता हो । त्यसकारण २ नम्बर क्षेत्रमा उहाँको जिम्मेवारी अत्यन्त बढी त्यसको लागि मेरो तर्फबाट हुने सहयोग रहनेछ ।’ उनले भने ।

सो क्षेत्रमा हालसम्म ७० हजार २ सय २३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसको जीतनारायण श्रेष्ठभन्दा लामिछाने ४०८६४ मतले अघि रहेका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको मत ९१६५ छ।

चितवन–२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ। अन्तिम परिणाम घोषणा नहुँदै लामिछानेले जित सुनिश्चित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?