चितवन । चितवन क्षेत्र नं २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर झनै बढाएका छन् ।
सो क्षेत्रमा हालसम्म ७० हजार २ सय २३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।
उनका प्रतिष्पर्धी नेपाली कांग्रेसको जीतनारायण श्रेष्ठभन्दा लामिछाने ४०८६४ मतले अघि रहेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको मत ९१६५ छ।
चितवन–२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ। अन्तिम परिणाम घोषणा नहुँदै लामिछानेले जित सुनिश्चित गरेका हुन् ।
यसअघि पनि सो क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएसँगै पुनः निर्वाचन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया