चितवन-२ मा रवि लामिछानेको जित सुनिश्चित

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेको जित सुनिश्चित भएको छ । १२ हजार मत गणना गर्न बाँकी रहेको अवस्थामा लामिछाने अन्य उम्मेद्वारहरुको ३७ हजारभन्दा बढी मतले अग्रतामा रहेका छन् ।

पछिल्लो अपडेटसम्ममा लामिछानेले ४५ हजार ८४२ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा पनि रवि निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?