तनहुँ–१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । वाग्लेले निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
वाग्लेले ३४ हजार ९१९ मत पाउँदा भट्टराईले २० हजार १२२ मत पाए । यस्तै एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए ।
तनहुँ १ मा आइतबार मध्यरातिदेखि उपनिर्वाचनको मतगणना भएकामा मंगलबार बिहान नतिजा आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया