काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई सरकारले निलम्बन नगर्ने भएको छ ।
संसदकोस सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै कंसाकार मुख्य दोषी रहेको ठहर गरेको थियो ।
समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो ।
तर, यसबारे न्यायिक आयोगसमेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
यसअघि गत पुस २० गते कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी निकट युवा संगठनले कालोमोसो दलेको थियो ।
वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजकले बताएका थिए ।
सम्बन्धित समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया