मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो

दमौली, तनहुँ, ७ कात्तिक ।मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ ।पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको हो ।दैनिक १५/२० वटा डुंगामा पर्यटक गाईघाटसम्म जाने गरेका छन् । मादी नदीको पुलमुनिबाट गाईघाटसम्मको ३२ किमी दूरीमा पर्यटकले जलविहार गर्दै आएका छन् । अमेरिका, जापान, हल्याण्ड, फिनल्याण्ड, भारत, कोरिया, चीन, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनलगायत देशबाट पर्यटक जलविहारका लागि आउने गरेको ¥यापिड रनरका पथप्रर्दशक विवेक गुरुङले बताए ।असोजदेखि फागुनसम्म मादी र सेती नदीमा जल विहार गर्नेको घुइँचो लाग्ने गरेको जानकारी उनले दिए । याम शुरु भएसँगै मादी र सेती नदीमा जलविहार गर्नेको भीड बढेको बरिष्ठ पथ प्रर्दशक सुरज भुजेलले बताए । कायक्लिङका लागि उक्त नदी नेपालमै सबैभन्दा उत्तम मानिएको अर्का पथ प्रर्दशक सिमन गुरुङले बताए ।जाडोमा तातो र गर्मीमा चिसो हुने पानीको विशेषताका साथै दायाँवायाँ हरियाली, डाँडाकाँडा चराचुरुङ्गीको चिरविरले पर्यटकलाई फेरी पनि जलविहार गर्न मन लाग्ने बनाउँछ । यहाँको जलविहार दुई दिन एक रातको हुने गर्छ । गाईघाट पुगेपछि पर्यटक चितवनको सौराहा र काठमाडौँतर्फ लाग्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?