मिल्यो संसदीय समितिको भागवण्डा, एमालेलाई तीन वटा समितिको सभापति

लोकपथ
280
Shares

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठकले संसदीय समितिको भागवण्डा मिलाएको छ । आज सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएपछि भागवण्डा मिलेको हो ।

संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसको भागमा परेको छ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेलेको भागमा परेको छ ।

यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?