लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार, मुख्यमन्त्री गिरी पदमुक्त

लोकपथ
273
Shares

काठमाडौं । सूदूरपश्चिम र गण्डकी पछि लुम्बिनीमा पनि एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि सरकार ढलेको हो ।

मुख्यमन्त्री गिरीले ३३ मत पाए भने उनको विपक्षमा ५३ मत आयो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने सत्ता जोगाउन ४४ सांसदको आवश्यक रहेको थियो । तर उनले ३३ मत मात्रै पाए ।

अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?