३१ श्रावण २०७९, मंगलवार

साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

२०७४,कार्तिक,७,मंगलवार ०५:३८

0
Shares

नवलपरासी, ७ कात्तिक ।तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् ।सामाजिक चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही बालबालिका विद्यालय जानबाट वञ्चित छन् भने केहीले प्राथमिक तहमै विद्यालय छोड्ने गरेका छन् ।जिल्लामा करिब ४२ हजार बालबालिका छन् । जिल्ला शिक्षा कार्याललले जिल्लामा ती बालबालिकामध्ये करिब दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको जनाइएको छ तर पहाडी क्षेत्र र सीमावर्ती क्षेत्रमा विद्यालयको पँहुचभन्दा बाहिर रहेका बालबालिकाको संख्या बढी भएको बताइन्छ ।जिल्लामा निजी तथा सामुदायिक विद्यालय गरी ८०० भन्दा बढी विद्यालय छन् । जिल्लामा पहाडी क्षेत्र र सीमा क्षेत्रका केही बालबालिका शिक्षाको पहँुचभन्दा टाढा रहेको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जानकारी दिए ।विसं २०७२ असार ३१ मा यस जिल्लालाई साक्षर जिल्ला घोषणा गरिए पनि अझै केही बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको तथ्यांकले सबैलाई शिक्षाको पँहुचमा पु¥याउन प्रभावकारी योजना कार्यान्वयन नगरिएको सम्बद्ध व्यक्तिको गुनासो छ ।सरकारको साक्षरता नीतिअनुसार जिल्लाको ९५ प्रतिशत जनसंख्याले सामान्य लेखपढ गर्न सक्षम भए साक्षर जिल्ला घोषणा गर्ने प्रावधान रहेको जिसिअ कमालको भनाइ छ ।जिल्लामा निजी र सामुदायिक विद्यालयसहित ३४ वटा सिकाइ केन्द्र छन् । शिक्षामा सबैको पहँुचका लागि गरिब तथा जेहेन्दार छात्रवृत्ति, दालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तकजस्ता कार्यक्रम सञ्चालन भएका छन् ।गरिब तथा जेहेन्दार छात्रवृत्तिअन्तर्गत जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयका केही विद्यार्थीलाई वार्षिक रू एक हजार ५०० र दलित समुदायका विद्यार्थीलाई वार्षिक रू ५०० दिँदै आए पनि त्यस्ता सहयोगका कार्यक्रम केही सीमित विद्यार्थीका लागि मात्र भएकाले अधिकांश गरिब समुदायका विद्यार्थी शिक्षाबाट वञ्चित भएका हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतको औषधी नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

बुटवल । पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान

धनगढी । असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे ।

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
 २०७९,श्रावण,३१,मंगलवार ११:५४
पत्रकार पोखरेलको निधन
 २०७९,श्रावण,३१,मंगलवार ११:१६