बारा–२ मा शुरु भयो मतगणना

लोकपथ
70
Shares

काठमाडौं । बारा क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना शुरु भएको छ ।

केहीबेर अघि सर्वदलीय बैठक बसेर मतगणना शुरु भएको हो ।

मतपेटिका संकलन र सर्वदलीय सहमति हुन नसक्दा मतगणना शुरु हुन सकेको थिएन ।

आइतबार सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट गठबन्धनका तर्फबाट जसपाका उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेल, एमालेका तर्फबाट पुरुषोत्तम पौडेल र जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन् ।

यता तनहुँमा मतगणना जारी रहेको छ । सो क्षेत्रमा रास्वपाका डा. स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् । यता चितवनमा १ बजेबाट शुरु गर्ने भनिएको मतदान केही बेरमा शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?