काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने बताएका छन् ।
सोमबार लोकतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले राज्य सञ्चालनका व्यवस्थाहरु मध्ये उत्कृष्ट व्यवस्था रहेको बताए । त्यस्तै लोकतन्त्रको सुदृढिकरणमा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
‘राज्य सञ्चालनका व्यवस्थाहरू मध्यको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था। लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौँ ।’ उनले भने, ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया