चितवन–२ मा जुट्यो सहमति : दिउँसो १ बजेबाट मतगणना हुने

लोकपथ
168
Shares

चितवन । चितवन क्षेत्र नं २ को मतगणना दिउँसो १ बजेबाट शुरु हुने भएको छ ।

सर्वदलीय बैठक बसेर दिउँसो १ बजेबाट मतगणना शुरु हन लागेको हो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सो क्षेत्रका उम्मेदवार रवि लामिछानेलाई कारबाही नभइ मतगणना गर्न नदिने कांग्रेसको माग रहेको थियो । आज सहमतिपछि दिउँसो १ बाट मतगणना शुरु हुने नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले जानकारी दिए ।

‘आज दिउसो १ बजेबाट मतगणना शुरु’ उनले भने ।

सो क्षेत्रमा कांग्रेसबाट श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?