चिकित्सा शिक्षा विधेयक पारित भएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । 

‘त्यो विधेयकका कैयौँ बुँदाहरू डा.केसीसित भएको सम्झौता तथा शिक्षा र चिकित्सासम्बन्धि राष्ट्रिय हितका विपरित छन् । सरकारले पहिले उक्त विषयमा सम्झौता गरेर त्यसका विपरित विधेयक ल्याउनु धेरै आपत्ति जनक छ । पछि शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्नु धेरै आपत्तिजनक र दुःखको कुरा हो । त्यसप्रति हाम्रो पार्टीले विरोध प्रकट गर्दछ’ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बिहीवार जारी गरेको विज्ञप्तिमा छ ।  

प्रवक्ता समेत रहेकी पौडेलले संसदमा प्रस्तुत भएको उक्त विधेयकमा आफुले कैयौँ संशोधनहरू प्रस्तुत गरेको समेत बताइन् ।

राष्ट्रिय जनमोर्चाले शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको विधेयक पहिले डा.केसीसित भएको सम्झौता र शिक्षा र चिकित्सासम्बन्धी राष्ट्रिय हितविरुद्ध समेत भएको दाबी गरेको छ  । सो पार्टीले अब त्यो विधेयक पुनः संसदमा प्रस्तुत हुने र त्यो बेला डा. केसीसित भएको सम्झौता तथा शिक्षा र चिकित्सासम्बन्धि राष्ट्रिय हितका विपरित सबै अवधारणाहरूलाई अस्वीकार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?