भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनमा झन्डै आधा अर्बले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालुु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्यासको आयात ४९ करोड रुपियाँले कमी भएको हो ।
बजारमा ग्यासको खपत कम हुुँदा आयातमा समेत कमी भएको हो । विभागका अनुसार चालुु आर्थिक वर्षको नौ महिनामा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रुपियाँ बराबरको ३८ करोड ७६ लाख ३० हजार ८१८ केजी ग्यास आयात भएको हो ।
गत वर्ष सो अवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपियाँ बराबरको ३९ करोड ५७ लाख २८ हजार हजार केजी ग्यास आयात भएको हो । गत वर्षको तुुलनामा ४९ करोड ३८ लाख ६७ हजार रुपियाँ बराबरको ८० लाख ९७ हजार २५० केजी ग्यास आयात कमी भएको खबर गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया