तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५०१९ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा २३२१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १५४९ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।
यसैगरी नेकपा समाजवादीका उम्मेदवार गणेश श्रेष्ठले हालसम्मको मतगणनाअनुसार जम्मा १ मत पाएका छन् । यस्तै नेमकिपाका रामप्रसाद पराजुलीले २ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ६ मत पाएका छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १३ मत पाउँदा राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले पनि १३ मत पाएका छन् । यसैगरी राप्रपाका शोभा गुरुङले २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया