चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

लोकपथ
21
Shares

चितवन  २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ ।

बिहान ८ बजे सर्वदलीय बैठक आह्वा गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ ।

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?