तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणाममा वाग्लेले १९११ मतसहित अग्रता बनाएका हुन् ।
सोमबार राति कुल ३२१६ मत गन्दा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ८२७ मत पाएका छन् । यस्तै एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३८३ मत प्राप्त गरेका छन् । वाग्लेले भट्टराईले भन्दा दोब्बर बढी मत पाएका हुन् ।
सुरुमा भानु नगरपालिका वडा नम्बर १० र आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को मतगणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया