काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतदातालाई प्रभावित पारेको भन्दै कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको हो ।
गठबन्धनबाट कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन् । उजुरीमा चितवनका सीडीओमाथि पनि कारबाहीको माग गरिएको छ ।
मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडिओरभिडिओ सार्वजनिक भएको, आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्नेरगराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ ।
हेर्नुहोस् उजुरी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया