तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

लोकपथ
143
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले फेरी एकपटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले यसअघि पनि दुईपटक विश्वासको मत लिइसकेका छन् ।

शर्माले आइतबार प्रदेशसभामा पुगेर विश्वासको मत लिने प्रायोजनसम्बन्धी पत्र दर्ता गराइसकेका छन् ।

मुख्यमन्त्री शर्माले पहिलो पटक ६ माघमा विश्वासको मत लिएका थिए भने १७ चैत्रमा उनले दोस्रो पटक विश्वासको मत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?