काठमाडौं । मतदान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले शान्तिपूर्ण मतदानको अपील गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रको अनुगमनमा पुगेका लामिछानेमाथि केही व्यक्तिले हुलहुज्जत गरेपछि फेसबुक लाइभमार्फत् सो अपिल गरेका हुन् ।
मतदान जारी रहँदा त्यसरी उम्मेदवार स्वंयमले सामाजिक सञ्जाल मार्फत अपील गर्नु निर्वाचनको आचारसंहिता विपरित रहेको निर्वाचन आयोगको ठहर छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान जारी रहँदा उम्मेदवारले लाइभ गर्नुले निष्पक्ष निर्वाचनमाथि प्रश्न उठ्ने लोकपथलाई बताए । साथै उक्त प्रकरणबारे आयोगले छानबिन गरेर निर्वाचन प्रभावित हुने गतिविधि भएमा कारबाही समेत हुने उनले बताए ।
‘त्यस्ता किसिमको कुराले कसैलाई हित गर्दैन । आयोगले त्यसलाई अध्ययन गर्छ । यदी निर्वाचनमा मतदातालाई प्रभावित पार्ने कुरा रहेछ भने छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’ सहप्रवक्ता अर्यालले भने ।
आज देशको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनकाे मतदान जारी रहेको छ । बिहान ७ बजेबाट साँझ ५ बजेसम्मका लागि मतदानको समय रहेको छ ।
चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा मतदान जारी रहेको छ । केही सामान्य हुलहुज्जत बाहेक मतदान शान्त वातावरणमा भइरहेको आयोगको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया