प्राधिकरणले स्विकार्यो लोडसेडिङ, भन्यो- ‘हिउँ र पानी नपर्दा बिजुलिको उत्पादन घटेर समस्या भयो’

लोकपथ
70
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खायाममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको बताएका छन ।

देशभरका उद्योगी व्यबसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछी घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर सुख्खायामका कारण पावर सप्लाईमा समस्या आएको बताएका हुन ।

घिसिङले यसपटकको सुख्खायाममा हिउँ नपर्दा हिउँ पग्लिनु पर्ने समय सुख्खायाममा परिणत भएको बताए । पुस माघ महिनामा हिमाली क्षेत्रमा उच्चमात्रामा हिउँ पर्नु पर्ने हो । तर, उक्त समयमा हिउँ नपर्दा यतिबेला हिउँ पग्लेर नदिको तह बढ्नु पर्ने समयमा बिजुलिको उत्पादन घटेको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै पानी पर्नु पर्नेमा पानी समेत नपरेपछी बिरगंज र बिरारनगर लगायतका क्षेत्रमा संचालित उद्योगमा लोडसेडिङ भएको घिसिङले बताए । ‘अहिले बिराटनगर र बिरगंज क्षेत्रका उद्योगीलाई बिहान र बेलुकाको समयमा मात्र चलाउनु भनेको हो,’ घिसिङले भने, ‘तर गत वर्षको तुलनामा अहिले कम समस्या छ ।’ गत वर्ष भारतबाट बिजुली ल्याउने सम्यन्त्र कम्जोर हुँदा थप समस्या आएको थियो ।

घिसिङले अबको १५ दिन नेपालको माग धान्न मुस्किल परेको बताए । उनले भने, ‘अबको १५ दिन्पछी प्री मनसुन सुरु हुन्छ । तराईमा सिंचाइ गर्न पर्दैन । यस्तै नदि नालाको पानीको बहाब समेत बढ्छ ।’ यहिकारण अबको १५ दिनपछी निर्यात कसरी गर्ने भन्नेमा प्राधिकरनचिन्तित रहेको घिसिङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?