सिके राउत भन्छन्– ‘तीन चारवटा बुथ कब्जा गरियो, निष्पक्ष भए हामी जित्छौँ’

लोकपथ
208
Shares

बारा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा क्षेत्र नं २ को जारी उपनिर्वाचनको मतदानका क्रममा विभिन्न स्थानको बुथ कब्जा गरिएको आरोप लगाएका छन् ।

राउतले निर्वाचनका क्रममा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले बुथ नै कब्जा गरेको आरोप लगाए ।

सञ्चारकर्मीहरुसँग बोल्दै त्यहाँको निर्वाचनमा एक पक्षीय रुपमा मतदान भइरहँदा पनि प्रहरीले पनि कुनै हस्तक्षेप नगरेको आरोप लगाए ।

‘देवताल–२ कम्फरियामा मेयरको भाईले नै बुथ कब्जा गरेका छन् । पछौता–४ बेलदारीमा पनि बिहानैदेखि हाम्रो बुथ प्रतिनिधिलाई बिहानैदेखि छिर्न दिइएको छैन । एसपी सापलाई फोन गर्दा कुनै चासो दिइएको छैन र मुख्यमन्त्री पनि आफैँ बस्नुभएको छ । यी तीन चारवटा बुथहरु कब्जा भएको अवस्था छ ।’ राउतले भने ।

त्यस्तै जसपाका कार्यकर्ताहरुले आफ्ना कार्यकर्ताहरुलाई हिँडडुल गर्न समेत रोक लगाएको उनको आरोप रहेको छ ।

‘जसपाका कार्यकर्ताहरुले हाम्रो कार्यकर्ताहरुलाई हिँडडुल गर्न नदिने यता त ठिकै छ उता चाँही त्यस्तै छ ।’

सत्ता गठबन्धनसहित सिंगो सरकार नै लागे आरोप लगाउँदै निष्पक्ष ढंगले निर्वाचन भएमा आफ्नो पार्टीले जित्ने उनले बताए ।

त्यसो त निर्वाचन बिथोल्न खोजेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?