मधेशका मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ पेश गर्न निर्देशन

लोकपथ
49
Shares

काठमाडौं । उपनिर्वाचनको गतिविधिमा सामेल भएको भन्दै निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले बारा क्षेत्र नं २ को निर्वाचनका गतिविधिमा संलग्न भएको आयोगको ठहर रहेको छ ।

आयोगले के कति कारणबाट बारा पचरौता नगरपालिका क्षेत्रमा गएको हो ? भन्दै स्पष्टीकरण माग गरेको छ । त्यस्तै निर्वाचनको गतिविधिमा संलग्न हुन प्रयोग भएको सवारी सरकारी हो वा होइन ? लगायत निर्वाचन आचारसंहिता विपरितका कामहरुबारे स्पष्टीकरण माग गरिएको छ ।

‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधेको छ । उहाँलाई ’तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्री यादवले उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको आयोगको ठहर छ ।

यसअघि सांसदहरुले प्रतिनिधि सभामा समेत मुख्यमन्त्री यादवले आचारसंहिता विपरित निर्वाचनमा सहभागि भएको भन्दै आवाज उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?