पाल्पामा यात्रुबाहाक बस दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते

लोकपथ
245
Shares

काठमाडौं । पाल्पामा एक यात्रुबाहाक बस दुर्घटना भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा हाल सुरक्षाकर्मीको टोली पुगीसकेको छ भने घाइतेहरुको उद्दार थालिएको छ । हाल सम्म १८ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?