तनहुँ । तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन जारी रहेको छ ।
जारी मतदानमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द्र भट्टराईले मतदान गरेका छन् ।
केहीबेरअघि ब्यास नगरपालिका ११ बेल्टारीस्थ्ति मतदान केन्द्रमा भट्टराईले मतदान गरेका हुन् ।
निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्न पाउनेछन् । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका स्वर्णिम वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।
आज तनहुँ–१ सहित बारा क्षेत्र नं–२ र चितवन क्षेत्र नं २ मा मतदान हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया