गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार

लोकपथ
156
Shares

काठमाडौं । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि एमाले नेतृत्वको
सरकार ढलेको हो । विश्वासको मत लिँदा अधिकारीले २४ मत पाए । उनको विपक्षमा ३५ मत खसेको थियो । ५९ जनाले कूल मतदान गरेका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?