विश्वासको मत माग्दै मुख्यमन्त्री अधिकारीले माओवादीलाई भने- ‘आफैंले बनाएको सरकार जोगाउनुस्’

लोकपथ
91
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रसँग सरकार जोगाउन सहयोग मागेका छन् ।

शनिबार गण्डकी प्रदेशसभामा विश्वासको माग माग्दै उनले सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

‘प्रदेश सरकार निर्माणको बेलामा गरेको सहकार्यको प्रतिबद्धता कार्यान्वयन गर्न अनुरोध गर्दछु। बिना कारण अस्थिरता सिर्जना गर्ने कार्य राजनीतिक नैतिकता, आचारण, व्यवहार र सिद्धान्तभित्र पर्दैन । आफैंले निर्माण गरेको सरकारलाई सहयोग गर्ने तपाईहरुको दायित्व हो ।’ मुख्यमन्त्री अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?