काठमाडौं । विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ ।
विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुनस् नामकरण माग गर्दै आन्दोलनरत पक्ष मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।
आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
गत चैत ५ गते भएको आन्दोलनमा घाइते भएका पदम लिम्बु गत १० चैतमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया