काठमाडौं । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।
रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
हेर्नुहोस् तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया