काठमाडौं । काठमाडौं महानगरपालिकाका निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन मेयर बालेन शाहले ध्यानाकर्षण गराएका छन् । मेयर शाहले आफ्नो सामाजिक सञ्जालमा लेख्दै कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका हुन् ।
‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्नुपर्छु उनले भनेका छन् ।
छात्रवृत्तिको यो व्यवस्था अटेर गरे कानूनबमोजिम कारबाही गर्न बाध्य हुने चेतावनी मेयर शाहले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया