काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लड्ने बताएका छन् ।
सरकारले १५ औँ अनसनका क्रममा गत साउन १० गते आफूसँग गरेको सहमति विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध लड्ने बताएका हुन् ।
बुधवार दिउँसो पत्रकारसँग कुरा गर्दै डा. केसीले प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएको भन्दै दुई तिहाइको दुरुपयोग गरेको आरोप लगाए ।
उनले भने, ‘अब प्रधानमन्त्री ओलीजी र नेकपा अध्याक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जीका विरुद्ध लड्ने छु ।’
डा. केसी बुधवार अपराह्न ४ बजेबाट अनसन बस्दैछन् । त्यसका लागि उनी मंगलवार नै इलाम पुगिसकेका थिए ।
बुधवार बिहानैबाट अनसन बस्ने तयारीमा रहेका डा. केसी संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकले गर्ने निर्णयको पर्खिइमा थिए ।
समितिले नेकपाको बहुमतको आधारमा डा. केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया