२० मङ्सिर २०८०, बुधबार

राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश

२०७४,कार्तिक,७,मंगलवार ०५:१७

0
Shares

कार्तिक ७, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) सम्वद्ध तराई मधेश स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पट्टेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पट्टेल, तराई मधेश विद्यार्थी फन्टका नेता सन्देश पट्टेल लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पट्टेलले जानकारी दिए ।माओवादी केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष अजय पट्टेलले राजपाले मधेशका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेशी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएको, पार्टीलाई आफ्ना परिवारको भर्ति केन्द्र बनाएकाले आफूले राजपा छोडेको बताए । ‘राष्ट्रिय एकताको पक्षधर एवं मधेशी अधिकारका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएकाले म माओवादी केन्द्रमा आएको हुँ’, नेता पट्टेलले भने ।पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेशी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेशको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘अन्ततः माओवादी नै देशको हित र मधेशीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएका छन् । तपाईहरुको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ । आज पार्टीमा प्रवेश गर्ने साथीहरुलाई हामी उचित जिम्मेवारी दिनेछौं ।’

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार