सांसद थापाको प्रश्न: चिकित्सा विधेयक यसरी नै अगाडि बढाउनु थियो भने सहमति किन गरेको ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले डा. गोविन्द केसीलाई धोका दिएको बताएका छन् । 

चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास भएपछि कांग्रेस सांसद थापाले यसरी अगाडि बढ्नु थियो भने सहमति किन गरेको भनेर प्रश्न गरेका छन् ।

उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यदि चिकित्सा शिक्षा विधेयक यसरी नै अगाडि बढाउनु थियो भने, डा. गोविन्द केसीसँग सहमति किन गरेको ?’

त्यस्तै आज बसेको संसदको शिक्षा तथा स्वास्थय समितिको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेको छ । 

उता १५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र डा. केसीबीच भएको सम्झौता कार्यानवय नभएपछि डा.केसी आजै अनसन बस्ने घोषणा गरेका छन् ।  

१६ औँ अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका डा. केसी ४ बजेदेखि अनसन बस्दै छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?