सरकारसँग भएको सहमति तोडिएसँगै अनसन बस्दै डा. केसी, के छ सरकारले पारित गरेको विधेयकमा ?

काठमाडौं । डा. गोविन्द केसी आजै अनसन बस्ने भएका छन् । 

१५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र डा. केसीबीच भएको सम्झौता कार्यानवय नभएपछि डा.केसी अनसन बस्ने लागेका हुन् । 

डा. केसीले सरकारलाई दिएको अल्टिमेटम हिजै सकिएको थियो । 

त्यस्तै आजै बसेको संसदको शिक्षा तथा स्वास्थय समितिको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेको छ । 

सो विधेयक बहुमतले पारित भएपछि आफ्नो अधिकांश माग पूरा नभएको बताउँदै डा. केसीले आजैबाट अनशन शुरु गर्न लागेको उनका सहयोग प्रतिम सुवेदीले बताएका हुन् । 

डा. केसी आज ४ बजेसम्ममा अनशन बसिसक्ने सुवेदीले बताए । तर, अनसनस्थलको भने टुङ्गो लाग्न सकेको छैन ।  

विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।

विधेयक बहुमतले पारित गरेसँगै सरकार र डा. गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ । 

सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनशन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् । 

सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको थियो ।

संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले डा.केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने बताएका थिए ।

उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो ।

यस्तो छ सरकारले पारित गरेको चिकित्सा शिक्षा विधेयक :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?