महिलालाई बाघले लगेपछि प्रहरीले ७ राउण्ड गोली चलायो

लोकपथ
343
Shares

कञ्चनपुर । कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शुक्रबार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउण्ड फायर गरेको थियो ।

बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?