छुट्टाछुट्टै सवारी दुर्घटना : चार जनाको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं, टोखा नगरपालिका(२ चण्डेश्वरीस्थित सडकमा बागमती प्रदेश ०१–०२६ च ०३७४ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ८ वर्षीया स्वेच्छा गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका–८ जरङ्खु शिवमन्दिर नजिक प्र–३–०२–००६ प ४४१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार चितवन घर भई हाल काठमाडौं नयाँबजार सोह्रखुट्टे बस्ने ३० वर्षीय प्रदिप पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित १ नम्बर पुल नजिकै हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–०५प ९८६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ७० वर्षीय मनिस लामाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको एल।एस।न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका–३२ लामेआहालस्थित डम्पिङ साईडमा पोखरा महानगरपालिकाको ग.१ ग १३४ नम्बरको बुलडोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अनियन्त्रित भई डोजर पल्टिँदा चालक सोही महानगरपालिका–१५ रामबजार बस्ने ६२ वर्षीय मुसाफिर दासको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?