काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने भएका छन् ।
बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका हुन् ।
बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनु पर्ने बताउँदै कांग्रेस सांसद भीमसेनदास प्रधानले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उहाँले जवाफ दिने कार्यसूची तय नगरे बैठक अवरुद्ध गर्छौं ।’
त्यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बुधवार मध्यान्ह १२ बजे बोलाइएको छ ।
कांग्रेसको अवरोधका कारण आइतबार स्थगित भएको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
आइतवारको बैठकमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया