तनहुँ । तनहुँ क्षेत्र नं १ का उपनिर्वाचनका उम्मेदवार डा. स्वर्णिम वाग्लेको बुबा सवार गाडी तोडफोड भएको छ ।
शुक्रबार बिहान दमौलीस्थित सन्तोष होटल अगाडि पार्किङ गरेर राखिएको गाडी तोडफोड भएको हो ।
बा ११ च ४२५० नम्बरको गाडी स्वर्णिमका बुबा जीवनराम वाग्लेको नाममा नभए पनि चुनावका बेला उनले सोही गाडी प्रयोग गर्दै आइरहेका थिए ।
अन्य व्यक्तिको नाममा भएको गाडी भए पनि जीवनरामले प्रयोग गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्ट क्षेत्रीले लोकपथलाई जानकारी दिए ।

‘उहाँले प्रयोग गर्ने गाडी भनिएको छ । तर उहाँको नाममा नभएको बुझिएको छ, हामी अनुसन्धान गर्दैछाँै ।’ उनले भने ।
रोकेर राखिएको ठाउँमा उक्त गाडीको सिसा फुटाइएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको क्षेत्रीले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया