जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो : सभापति देउवा

लोकपथ
35
Shares

चितवन । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे । उनले भने, “तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।”

अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उनले विकासका लागि समेत ढुक्क रहन आग्रह गरे । “चितवन ऐतिहासिक जिल्ला हो । जिताएर पठाउनुस्, अरु हामी गर्छौँ । जीतनारायण श्रेष्ठ काम गरेको र दुःख गरेको मान्छे भएकाले निर्वाचनमा जिताउनुपर्छ”, सभापति देउवाले भने–“विसं २००७, २०४७ साल र २०६२÷६३ सालको जनआन्दोलनमा यहाँका साथीहरूको सहभागिता र सक्रियतालाई बिर्सन हुँदैन् ।”

चुनावीसभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रजातन्त्रको बहालीका लागि अग्रपङ्क्तिमा लड्दै आएको चितवनका बासिन्दाले आफ्नो मतलाई गलतरुपमा प्रयोग गर्न नहुने बताए ।

सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशमा व्यक्तिवादी चरित्र हाबी हुन थालेको उल्लेख गर्दै पुराना र इतिहास बोकेका पार्टीलाई सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?