ओलीको कटाक्ष : ‘यो सरकार टिकिरहे केही महिनामा वृद्दभत्ता काटिन्छ’

लोकपथ
70
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहेमा केही महिनामा वृद्दभत्ता रोकिनसक्ने भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।

बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले आफ्नालाई पोस्न उद्दत्त रहेको आरोप लगाउँदै सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूहरुले ४ हजार पुर्याएको वृद्दभत्ता केही महिना टिकेमा वृद्दभत्ता समेत काटिनसक्ने दाबी गरे ।

‘हामीले जेष्ठ नागरिक भत्ता शुरु गरेर ४ हजार रुपैयाँ पुर्याएका छौँ । अहिलेसम्म त पाउँदैछन् खतरा छ यही सरकार रह्यो भने केही महिनाभित्र वृद्दभत्ता नपाउने खतरा छ । नपाउने खतरा छ यसले रोक्छ । किनकी यो सरकारको ध्यान देश होइन, जनता होइन आफन्त पोस्ने काम गरिरहेछ । यही देशको ढुकुटी बाटा बनाउन पुग्थ्यो, एयरपोर्ट बनाउने पुग्थ्यो ।’ ओलीले भने ।

त्यस्तै २० वर्ष हुन नसकेको काम आफूले तीन वर्षमा सकेको समेत ओलीको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?