सरकारको विशेष आर्थिक सल्लाहकारमा ३ जना नियुक्त

लोकपथ
84
Shares

काठमाडौं । सरकारले विशेष आर्थिक सल्लाहकारका रुपमा तीन जना विज्ञहरुलाई अर्थमन्त्रालयमा ल्याएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले विशेष आर्थिक सल्लाहकारको रुपमा डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई नियुक्त गरेका हुन् ।

अहिले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र उकास्न अर्थमन्त्री महतले विज्ञ समूह बनाएर कामको थालनी गर्न लागेका हुन् ।

त्यसो त हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका डा. भट्टलाई काजमा अर्थमन्त्रालय तानिएको छ । यता अर्थमन्त्रीको विशेष आर्थिक सल्लाहकारको रुपमा समेटिएका पाण्डे र पौडेलले भने अवैतनिक (बेतलबी) रुपमा काम गर्नेछन् ।
सरकारको विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त भएका तीनै जनाको राज्यमन्त्री ओहोदा रहेको छ ।

अर्थमन्त्रीले बजेट निर्माणको लागि सरकार लागिरहेको बेला विज्ञहरुलाई मन्त्रालयमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?