१ केजी ८० ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौंको ठमेलबाट कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् ।

भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्या घर भएकी ३६ वर्षीया पिलिसिला वान्जा दिरितुलाई प्रहरीले १ केजी ८० ग्राम कोकिनसहित पक्राउ गरेको हो ।

उक्त कोकिन पिलिसिलाले इथिओपियाबाट काठमाडौंसम्म ल्याएकी लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए ।

बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख रुपैयाँ रहेको जनाइएको छ । पक्राउ परेका दुई जनालाई जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?