धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साङ्पाङ्) ले कार्यपालिका बैठक उपस्थित हुन वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आग्रह गरेका छन् ।
कार्यपालिका बैठकमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पटकपटक बहिस्कार गरेको भन्दै आगामी दिनमा सच्चिएर आउन आग्रह गरेका हुन् ।
आज विज्ञप्ति जारी गर्दै मेयर साङ्पाङ्ले कार्यपालिका बैठकमा वडाहरुको कामकारबाहीबारे जानकारी माग्दा निरन्तर असहयोग भएको भन्दै कि बैठकमा सच्चिएर आउन वा नभए राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
‘हामी कार्यपालिकामका रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहानाको कुरा होइन यो बाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहान्छु । कसैले म बैठक बस्दिन पाइँदैन त्यसैले कर्तब्यपूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिस्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया