तनहुँ–१ मा चुनाव बहिस्कार गर्ने एक समूह पक्राउ

लोकपथ
98
Shares

तनहुँ । १० वैशाखमा हुने उपनिर्वाचनको तयारी भइरहँदा त्यसको आन्दोलन गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनबहादुर परियार, रामबहादुर बुढा, पुष्पलाल श्रेष्ठ लगायत ४ जना रहेका छन् ।

चुनाव बहिस्कार गर्ने भन्दै आन्दोलन गर्ने उनीहरुलाई पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले लोकपथलाई जानकारी दिए ।

‘केही दिनअघि देखि निर्वाचन बहिस्कार गर्ने उनीहरुलाई पक्राउ गरिएको हो ।’ क्षेत्रीले लोकपथसँग भने ।

सो क्षेत्रमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेपाल कम्युनिष्ट पार्टी मसाल र वैज्ञानिक समाजवादी लगायतले निर्वाचन बहिस्कार गर्दै आइरहेका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले चुनावी तयारी तिव्र पारेका छन् । आज राति १२ बजेबाट प्रचारप्रसारलाई रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?